विराटनगर विमानस्थलको डीपीआर संघीय सरकारद्वारा अस्वीकृत, प्रदेश नं १ का व्यवसायीलाई झट्का

भदौ ८, काठमाडौँ । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश नं १ का पर्यटन व्यवसायी अन्दोलित भएका छन् ।   

विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए । 

प्रदेश सरकारलेसमेत यस विमानस्थलाई उच्च प्राथमिकतामा राखेको थियो । तर डीपीआर नै अस्वीकृत भएपछि प्रदेश सरकारसमेत आश्चर्यचकित भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *