सातदोबाटोमा स्कुटरको डिक्की रकम चोरी गर्ने खत्री पक्राउ

 

साउन २४, काठमाडौँ । ललितपुरस्थित सातदोबाटोबाट स्कुटरको डिक्कीबाट २ लाख रकम चाेरी गर्ने एक चोरलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्थानिय घर बाँके सितापुर नगरपालिका–३  भई हाल भैंसेपाटी बस्ने ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्री रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

null

साउन २० गते राती ८ बजे ललितपुर महानगरपालिका भैंसेपाटीका ३० वर्षीय शिवराम आलेमगरले रोकिराखेको स्कुटरको डिक्कीबाट खत्रीले २ लाख चोरेका थिए । 

उनै आले आलेमगरको दिएकाे उजुरीको आधारमा  खत्रीलाई खोज्ने क्रममा चोरी भएको रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

महाशाखाका एसएसपी सहकुल थापाका अनुसार पक्राउ परेका खत्रीको साथबाट चोरी गरिएको रकम मध्ये ८९ हजार र २ वटा मोबाइल फेला पारिएको छ । 

हाल उनलाई कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *