आजको मौसमः मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने, छाता बोक्न नबिर्सिनुहोस्

भदौ १९, काठमाडौँ । हाल देशको मध्य तथा पश्चिमका केहि स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई पश्चिम क्षेत्रका १/२ स्थानमा हल्का वर्षा भएको छ भने अन्य स्थानहरुमा सामान्यतया सफादेखि आंशीक बदलिको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

आगामी २४ घण्टाको मौसम   

देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र चट्याङ्गबाट बँच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

null

आगामी तीन दिनको मौसम पूर्वानुमान 

भाद्र ११ गते बुधबार  

दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुने छ ।   

रातीः देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने  । 

भाद्र १२ गते बिहीबार 

दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने पहाडी भेगका १/२ स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ । 

रातीः देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वषा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =