तपाईँको आजः कुन राशिको फल कस्तो छ त ?

आज मिति २०७६ साल साउन २८ गते मंगलबार, तदअनुसार अगस्ट १३ तरिख २०१९ । आज कुन राशिफल कस्तोछ त ? 

मेषधर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । 

वृषशरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । 

null

मिथुनछोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । 

कर्कटउन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् । 

सिंहलामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । 

कन्यामुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । 

तुलातर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जमघटमा सहभागी भईएला । 

वृश्चिकवैदेशिक, व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ । 

धनुसानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आकस्मिक धन लाभपनि हुनेछ । हल्लाको भर परे दुःख पाइनेछ, तर मिहिनेत गर्दा प्रगति मिल्नेछ । 

मकरशुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साँझमा आर्थिक सङ्कट आउन सक्छ । 

कुम्भअनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । 

मीनसामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =