ब्युँताइयो सरकारी निर्माण कम्पनी, बिनाप्रतिस्पर्धा ठेक्का दिन पाउने


भदौ ३, काठमाडौँ । ठूला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रुपमै आर्थिक चलखेलको जोखिम बढ्नेगरी सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ खडा गरेको छ । यसबाट विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरुले आफ्नो स्वर्थअनुरुप काम गर्ने ठेकेदारलाई बिनाप्रतिस्पर्धा ठेक्का दिएर कमिसन खाने वैधानिक बाटो खुल्ने आशंका बढेको छ ।
पञ्चायतकालदेखि २०५८ सालसम्म विकासे मन्त्रालयका प्रभावशाली मन्त्रीहरुले नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल (एनसिसिएन) मार्फत ठूला भौतिक संरचना निर्माणको काम बिना प्रतिस्पर्धा आफू नजिकका ठेकेदारलाई दिएरु गैरकानुनी कमाई गर्ने गरेका थिए ।
प्रभावशाली मन्त्रीहरुको प्रस्तावमा सरकारी ठेक्कामा काननुी रुपमै कमाउधन्दा चलाउन झन्डै २० वर्षदेखि त्यस्तै प्रकृतिको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ ब्युँताएको स्रोतले जनयो ।
null
सरकारले सरकारी स्वामित्वको कम्पनीलाई मन्त्रिपरिषद् निर्णयबाट बिनाप्रतिस्पर्धा सोझै भौतिक पूर्वाधार निर्माण या अरु कुनै पनि ठेक्का दिन पाउने छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा ब्युँताइयो सरकारी निर्माण कम्मनी शीर्षका छापिएको छ ।
