प्रचण्ड पुत्र स्वर्गीय प्रकाशको विदेशी बैंकमा २१ अर्ब रुपैयाँ भएको झुटो

 

साउन २८, काठमाडौँ । स्वर्गीय प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने कुरा पूर्णरुपले झुटो भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले दावी गरेका छन् । 

मंगलबार प्रचण्डको निजी सचिवालयले जारी गरेकाे  विज्ञप्तिमा ‘जनक्रान्ति’ का उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध रुपमा प्रहार भइरहेको र यसकै लागि पछिल्लो समय दुश्प्रयासका रुपमा प्रचण्डको विदेश भ्रमणलाई तथ्यहीन र भ्रामक कुप्रचार मार्फत बदनाम गर्न खोजिएको जस्ता कुराहरु उल्लेख गरिएको छ । 

null

सचिवालयले प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरुले भ्रमण जानुको मुख्य उदेश्य त्यहाँको बैंकमा प्रकाशको नाममा रहेको २१ अर्ब रुपैयाँ व्यवस्थापन गर्नु भन्ने कुरा बदनाम गर्न षडयन्त्रपूर्ण भ्रामक प्रचार गरिएको जनाएको छ। 

विज्ञप्तिमा जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको उल्लेख गरिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशका नामा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौँ ।’ 

जारी विज्ञप्तीमा षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध समेत गरिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *