गुल्मीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

 

साउन २६, गुल्मी । गुल्मीमा शान्तिपुरबाट हरेवा तर्फ जाँँदै गरेको लु १९ प ८२७३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । 

गुल्मीकाे चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रु ४५ वर्षिय चित्रबहादुर सार्की गम्भिर घाईते भएका थिए । 

null

दुर्घटनाबाट गम्भिर घाइते भएका सार्कीलाई उपचारको लागि शान्तिपुर उपस्वस्थ्य चौकी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले जानकारी दिएका छन् । 

यस दुर्घटनामा परी सामान्य घाइते भएका मोटरसाइकल चालकसहित उनको मोटरसाइकल नियन्त्रणमा लिई मोटरसाइकल चालककाे पाल्पामा उपचार गराई हाल कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाईएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *