धरानमा महिला उद्यमी प्रर्बद्धन तथा व्यापार मेला सुरु

भाद्र ५, धरान ।  महिला दिदिबहिनीहरुको महान पर्व तीजको बाटो नजिक आउदै गर्दा सोही मेलालाई सिर्जनात्मक रुपमा अगाडी बढाउने तथा महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उदेश्यले धरानमा  महिला सञ्जालको आयोजनामा महिला उद्यमी प्रर्बद्धन तथा व्यापार मेला सुरु भएको छ । 

बिहिबारबाट सुरु भएको सो मेला तिनदिन सम्म चल्नेछ । मेलाको प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारीले उद्घाटन गरे । 

‘आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने नाराका साथ सुरु भएको मेलामा रहेको २५ वटा स्टलहरुमा   महिला उद्यमीहरुको उत्पादनहरु बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । 

महिलाद्वारा सञ्चालित लघु उद्योग, हस्तकला, ढाका कपडा उद्योगबाट उत्पादित खाद्य, घरायसी एवम् लत्ताकपडाहरु,गुडिया  लगायतका सामग्री मेलाको आकर्षणका रुपमा रहेका छन् । धरान १२ छाता चोक स्थित रहेको स्टलहरुमा महिला दिदिबहिनीहरुद्वारा उत्पादित  सामग्रीहरुको प्रदर्शनी र बिक्रीको अलावा अन्य समानहरु पनि प्रदर्शनमा राखिएका छन् । 

मेलाको अवसरमा उद्यमशीलता सम्बन्धी अवलोकन तथा प्रर्बद्धन लगायतका विभिन्न कार्यक्रम गरिने सञ्जालकी अध्यक्ष सबिता राईले जाकारी दिएकी छिन् ।  मेलाको पहिलो दिन बिहिबार आज  बिभिन्न संघसंस्थाहरुको महिला उद्यमीहरुको उपस्थिती रहेको थियो भने मेलाको उद्घाटन गर्दै  प्रदेश नं १ कि उपसभामुख भण्डारीले हरेक क्षेत्रमा महिला सहभागिताको लागि महिला स्वयं नै क्रियाशील हुनुपर्ने बताए । 

उनले महिला मैत्री समाजको निर्माण गरी सबैको सहभागीतालई यस मेलाले टेवा पुर्याउने र यसले महिला दिदिबहिनीहरुको  लागी आर्थिक उन्न्तीको बाटो खोलीने पनि बताए  

आजबाट सुरु भई लगातार तीन दिन पर्सी सम्म चल्ने कार्यक्रममा  प्रदेश नं एककी सांसद उमिता बराईली, बिभिन्न राजनितक दलका नेता, उद्योग वाणिज्य संघका सदस्य तथा बराहका प्रमुख मान बहादुर दियाली लागयतका बिभिन्न ब्यत्तित्वहरुको सहभागीता रहेको थियो ।   

महिला उद्यमशीलता प्रवर्द्धन कार्यक्रमअन्तर्गत् मेला आयोजनाका निम्ती धरान उपमहानगरपालिकाको तर्फ बाट ३० हजार सहयोग समेत प्राप्त भएको छ भने मेलाको अन्य खर्च महिला सञ्जाल धराने आफै जुटाएका छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *