यातायात कार्यालयमा टोकन मेसिन, घन्टाैँ लाइनमा बस्नुपर्ने बाध्यता हट्याे

 

साउन २६, विराटनगर । सेवाग्राहीको चापलाई मध्यनजर गर्दै सुनसरीको इटहरीस्थित यतायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र शाखामा आइतबारदखि टोकन मेसिन सञ्चालनमा ल्याइएको छ । 

प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालयलाई उपलब्ध गराएको मेसिन आइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । 

null

सो मेसिनको प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले सेवाग्राहीलाई टोकन हस्तान्तरण गर्दै उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख सचिव अधिकारीले सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्ने उद्देश्यस्वरुप टोकन मेशिन संचालनमा ल्याइएको दाबी गरे । 

उनले यातायात ब्यवस्था कार्यालयको सेवा कार्यालयहरु उदयपुर र इलाममा खोल्ने क्रम जारी रहेको बताउदै छिट्टै धनकुटाबाट समेत लाईसेन्स वितरण सुरु गरिने बताए । उनले विभिन्न ठाउँका सेवाग्राहीलाई आफूलाई पायक पर्ने स्थानमै सेवा दिने पद्धतिको विकास गरिसकिएको प्रष्ट पारे । 

टोकन मेसिन सञ्चालनमा आएपछि लाइसेन्सका लागि बायोमेट्रिक दिन आउने सेवाग्राहीले घन्टौं लाइनमा लाग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ लाखको लागतमा टोकन मेशिन खरिद गरी यातायात व्यवस्था कार्यालय झापा र सुनसरीलाई प्रदान गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *