महालक्ष्मी विकास बैंकद्वारा वृक्षरोपण

भाद्र ८, काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको महाराजगंज शाखा र तुलसीपुर शाखाले शनिबार छुट्टाछुट्टै स्थानमा वृक्षरोपण गरेका छन ।   

महाराजगंज शाखाले काठमाडौं महानगरपालिका वडा नं ३, महाराजगंजदेखि न्युरो अस्पतालसम्म वृक्षरोपण गरेको छ । भने, तुलसीपुर शाखाले तुलसीपुर उप–महानगरपालिका वडा नं ८ दुधेनामा बृक्षरोपण गरेको छ । 

काठमाडौंको वृक्षरोपण सोही वडाका अध्यक्ष दिपक के. सी र बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेद्वारा गरेका थिए । महानगरपालिका हरियाली प्रवर्धन नीतिका साथै वातावरणीय संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले बैकले वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको हो ।   

बैकका दुइ शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका विरुवा वृक्षरोपण गरेका छन । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कायक्रमहरु गर्दै जाने जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *