डा.सुनिल शर्माद्वारा बेवारिसे बृद्धलाई सडकबाट उठाएर निःशुल्क उपचार (भिडियोसहित)

 

बिराटनगर, ३० साउन । बिराटनगरको उखर्माउलो गर्मीमा तातो सडक माथिको बसाई । रोगको व्यथा र बृद्ध अवस्थाका कारण उठ्नै नसक्दाको पीडाले करिव ७२ बर्षीय बेवारिसे बृद्धको दैनिकी निकै कष्टपूर्ण थियो । कसैले दया गरेर दिए खाने, नभए तातो सडकमा भोकभोकै तड्पिन बाध्य उनको साथमा न कोहि आफन्त छन्, न त सहयोगि नै थिए । 

बिराटनगरको व्यस्त सडकको रुपमा चिनिने कञ्चनबारीमा धेरै दिनदेखि अलपत्र अवस्थामा रहेका बेसहारा बृद्धको कष्टपूर्ण र कारुणिक दैनिकी सडकमा हिड्ने जोकोहिका लागि रमिता मात्र बन्यो । तर, त्यहि सडकमा हिड्दा देखिएको बृद्धको कारुणिक दृष्य डा.सुनिल शर्माले टुलुटुलु हेरेर बस्न सकेनन् । नोबेल शिक्षण अस्पताल सञ्चालकसमेत रहेका समाजसेवी डा.शर्माले बृद्धलाई सडकबाट उद्धार गरेका छन् । 

null

दयनीय अवस्था देखेर उद्धारका लागि छोरा ईशानलाई साथमा लिएर पुगेका उनले बेवारिसे बृद्धलाई उद्धार गरी उपचारका लागि नोबेल अस्पताल ल्याए । छाती तथा फोक्सो सम्बन्धि समस्याले ग्रसित बृद्धलाई डा.शर्माले निःशुल्क औषधि उपचार मात्र हैन खाना, खाजासहित कुरुवाको व्यवस्था पनि मिलाईदिएका छन् । नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ डा.रामहरी घिमिरेको निगरानीमा उनको उपचार भईरहेको छ । उपचारका क्रममा बृद्धको स्वास्थ्य अवस्था सुध्रिदै गएको डा. घिमिरेले बताए । ‘सुरुमा ल्याउँदा उहाँको अवस्था गंभिर थियो ।’ अहिले लगभग निको भईसक्नु भएको छ ।’ डा.घिमिरेले भने । 

सडकमा हुँँदा उभिनसमेत नसक्ने अवस्थामा पुगेका उनी अहिले आफै हिडडुल गर्न सक्ने भएका छन् । पहिले फोहोरका कारण दुर्गन्धित अवस्थामा रहेका उनलाई सरसफाई गरी नयाँ लुगा लगाएर चिटिक्क पारिएको छ । प्रष्टसँग नबोल्ने हुँनाले उनको पहिचान खुल्न सकेको छैन । उनी धेरै दिनदेखि सडकमा अलपत्र अवस्थामा बस्दै आएको स्थानीयबासी बताउँछन् । तर, कहाँबाट आए वा कसले ल्याएर छोडिदियो भन्ने खुल्न सकेको छैन । उपचार पश्चात निको भएकाले अव आफन्तको खोजी गरेर जिम्मा लगाउँने प्रयास भईरहेको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ । 

 

समाजसेवाका क्षेत्रमा सक्रिय डा.शर्माले यसअघि पनि यस्ता धेरै असहायलाई उद्धार गरिसकेका छन् । डा.शर्मासँगै उनका १७ बर्षे छोरा ईशान पनि बिरामी उद्धारमा सक्रिय हुन थालेका छन् । गरिब दुखीको सेवालाई आफ्नो प्रमुख कर्तव्य मान्दै आएका डा.शर्माले गरिब, बिपन्न तथा असहाय हजारौं बिरामीलाई निःशुल्क उपचार गरेर उदाहरणीय कामलाई निरन्तरता दिएका छन् । 

हेर्नुहाेस भिडियाे 

 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *