अफगानिस्तानमा बम बिस्फोट हुँदा २८ सर्वसाधारणको मृत्यु
२०७६ साउन १६ गते

साउन १५, अफगानिस्तान। बुधबार बिहान अफगानिस्तानमा यात्रु बहाक बस सडक छेउमा राखिएको बम सँग ठोक्किँदा २८ सर्वसाधारणको मृत्यु भएको छ ।
बेलायती पत्रिका द गार्जियनले सरकारी अधिकारीलाई उद्धृत गर्दै कान्दाहार–हेरात राजमार्गमा गुडिरहेको यात्रु बस सडक छेउमा राखिएको बमसँग ठोक्किँदा २८ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
null
मृत्यु हुने सबै सर्वसाधारण भएको र मृत्यु हुनेमा धेरैजसो महिला तथा बालबालिका रहेको फाराहका गभर्नरका प्रवक्ता फारुक बाराक्जाइले जानकारी दिएका छन् ।
बम कसले र किन राखिएको कारण भने खुल्न सकिएको छैन ।
२०७६ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








