‘शाश्वत’ नाटक हेर्नेको घुइँचो

साउन १९, विराटनगर । शनिबारदेखि विराटनगरस्थित सुशिला कोइराला नाटक घरमा मञ्चन सुरु भएको ‘शाश्वत’ नाटक हेर्नेको घुइँचो लागेको छ ।
शनिबार साँझ साढे ५ बाट शुरु भएको नाटकको पहिलो प्रर्दशन हेर्न विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली सहित साहित्यकार, कलाकर्मी र विद्यार्थीहरु आरोहण गुरुकुलस्थित सुशिला कोइराला नाटक घर पुगेका थिए ।
null
आम मानिसको भावनालाई साहित्य र धर्मशास्त्रसँग जोडेर देखाइएको कला प्रधान नाटकको लेखन, निर्देशन सञ्चारकर्मी समेत रहेका कलाकर्मी अशोक गौतमले गरेका छन् ।
यसैगरि भरत कार्की र विकास पराजुलीले सह–निर्देशन गरेका छन् । नाटकमा सृष्टि भट्टराई, भरत कार्की, विकास पराजुली र अशोक गौतमले अभिनय गरेका छन् ।
नाटकमा धिरज राई र नविन रेग्मीले संगित दिएका छन भने राजेश ठाकुरले मञ्च व्यवस्थापन गरेका छन् । शनिबारबाट शुरु भएको नाटक २५ गतेसम्म प्रत्येकदिन साँझ साढे ५ बजे प्रदर्शन हुने जनाइएको छ ।








