वर्ल्डलिङ्क कम्पनीको १७ लाख बराबरको सामान चोरी गर्ने ४ जना पक्राउ

 

साउन १७, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाभित्र चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यकाभित्र गुडिरहेको गाडीबाट विभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न नागार्जुन नगरपालिकाका २४ वर्षीय अमित तुलाधार, २१ वर्षीय अव्य तुलाधर, ३३ वर्षीय हरिकृष्ण तिवारी र जुम्ला सिन्जा धाफका २५ वर्षीय हरि शर्मालाई नियन्त्रणमा लिइएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए। 

null

एसपी ढकालका अनुसार उनीहरुको साथबाट १६ लाख ८० हजार एक सय ६३ रुपैयाँ बराबरको तीन कार्टुन इलेक्ट्रिक सामान पनि बरामद भएको छ । 

उनीहरूले इन्टरनेटको सामान जावलाखेल कुसुन्तीमा रहेको शाखा कार्यालयबाट चितवन, हेटौंडा र बुटवल पठाउनका लागि लोड गरी लैजान लागेको अवस्थामा चोरी गरेका थिए। 

उनीहरूले इन्टरनेटको सामान जावलाखेल कुसुन्तीमा रहेको शाखा कार्यालयबाट चितवन, हेटौंडा र बुटवल पठाउनका लागि लोड गरी लैजान लागेको अवस्थामा चोरी गरेका थिए 

उनीहरूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *