भीसी सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगिताः किर्गिजस्तान सेमिफाइनलमा प्रवेश

भदौ ४, काठमाडौँ । काठमाडौँमा जारी एभीसी सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगितामा किर्गिजस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । 

मंगलबार राति भएको खेलमा माल्दिभ्सलाई ३-० ले पराजित गर्दै किर्गिजस्तानसमूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि किर्गिजस्तानले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो ।   

पहिलो सेट २५–१५ ले जितेको किर्गिजस्तानले दोस्रो सेटमा भने निकै मिहेनत गर्नु परेको थियो । ५ अंकले पछि परेको किर्गिजस्तानले दोस्रो सेट टाइ ब्रेकरबाट आफ्नो पक्षमा पारेको थियो । किर्गिजस्तानले २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा किर्गिजस्तान २५–१९ ले विजयी भयो ।   

null

यसैबीच सेमिफाइनल पुग्ने दोस्रो टिमको तय भने बुधबार (आज) हुने  खेलबाट तय हुने छ । आज नेपाल र माल्दिभ्सबीच खेल हुँदै छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *