नेपालगञ्जमा भीषण आगलागी

बाँके, २३ साउन । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलमा २ कपडा पसलमा आगलागी भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर नष्ट भएकाले डेढ करोड रुपैयाँको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

 

बडिमालिकाबाट शुरू भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । विद्युत् चुहिएर आगलागी भएको आशंका गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *