एभरेष्ट कलेजका विद्यार्थीलाई ब्यक्तित्व विकास र उद्घोषण प्रशिक्षण

 

साउन २७, काठमाडौं । नयाँ बानेश्वर स्थित एभरेष्ट कलेजले बिबिए चौथो सेमेष्टरका विद्यार्थीहरुलाई व्यक्तित्व विकास एवम् उद्घोषण प्रशिक्षण दिइएको छ । 

पूर्व मिस नेपाल तथा चर्चित सञ्चारकर्मी माल्भिका सुब्बाले कलेजका विद्यार्थीहरुलाई व्यक्तित्व विकास एवम् उद्घोषण प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा ६४ जना छात्रछात्राहरूले विभिन्न १२ शीर्षकहरूमा प्रतिभा प्रदर्शन गरेका थिए । 

null

 

दश दिनसम्म सञ्चालित कार्यक्रममा विद्यार्थीहरुलाई साल्सा नृत्य, उद्घोषण प्रशिक्षण र साजसज्जाका लागि स्रोत व्यक्ति रियाज श्रेष्ठ, सञ्चारकर्मी सञ्जय गुप्ता र मेकअप आर्टिस्ट स्वस्तिका राजभण्डारीले सहजीकरण गरेका थिए । 

कार्यक्रममा सहभागी विद्यार्थीहरूले वक्तृत्वकलाका साथै व्यक्तित्व विकास गर्नुका साथै आफ्नो क्षमता पनी प्रदर्शन गरेका थिए । प्रशिक्षणको अन्तिम दिन विद्यार्थीहरूले प्रदर्शन गरेको प्रतिभालाई सञ्चारकर्मीद्वय माल्भिका सुब्बा र विवेक सिंहले मूल्यांकन गर्दै पुरस्कृत समेत गरिएको थियो । 

 

विद्यार्थीको सीप र प्रतिभाको मूल्यांकनबाट छनोट भएका विद्यार्थीहरूलाई कलेजका प्रमुख कार्यकारी अधिकृत विष्णुहरि पाण्डेले पुरस्कृत गरेका थिए । प्रशिक्षणमा सहभागी विद्यार्थीहरू मध्येबाट उत्कृष्ट समूहका लागि निस्ता सुनुवार, विकेन्द्र खुलाल बस्नेत, प्रिति के.सी. र प्रकृति पोखरेल, उत्कृष्ट विजयी उद्घोषक निस्ता सुनुवार र जान्वी जैसी, उत्कृष्ट उद्घोषक फस्ट रनरअप सुप्रिया कार्की र बिकेन्द्र खुलाल बस्नेत, उत्कृष्ट उद्घोषक सेकेन्ड रनरअप प्रिति के.सी. र अनु गिरी भएका थिए । 

कार्यक्रममा उत्कृष्ट इभोलुसन अवार्ड लिजा डोङ तामाङ, उत्कृष्ट ब्लगका निम्ति रेबिका राना मगर, उत्कृष्ट श्रव्य दृश्य मन्तव्यका लागि जान्वी जैसी, उत्कृष्ट विज्ञापनका निम्ति अनु गिरी, दलबहादुर जीटी, ईशा अधिकारी, अनिश राउत र उत्कृष्ट समीक्षकका लागि सुप्रिया कार्कीलाई पुरस्कृत गरिएको थियो । 

२१ वर्षदेखि सञ्चालित एभरेष्ट कलेजले विद्यार्थीमा अर्न्तनिहित प्रतिभा प्रस्फुटन गराउन तथा क्षमता विकास गराउन विभिन्न कृयाकलाप गराउँदै आइरहेको कलेजका प्रमुख कार्यकारी अधिकृत विष्णुहरि पाण्डेले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *