सिंहदरबारभित्रै मृत भेटिए कर्मचारी

भदौ ३, काठमाडौं । सिंहदरबारभित्रै एक कर्मचारीले आत्महत्या गरेका छन् ।   

राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चुराम केसीले मंगलबार सिंहदरबारस्थित आयोगकै कार्यालयमा आत्महत्या गरेका हुन् ।   

उनले बिष सेवन गरी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । घटनास्थलमा शवसँगै विषको बट्टा भेटिएको बताइएको छ ।   

Image result for विष सेवन गरी आत्महत्या

सांकेतिक तस्विर

अहिले फरेन्सिक र सिन अफ क्राइम वि‍‌ज्ञ टोली घटनस्थलमा पुगेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *