नेपाल–भारत बैठकः तिक्तता मेट्ने पहल मात्रै, उपलब्धि के ?

भदौ ५, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमार्फत दुई मुलुकबीच सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ । काठमाडौँमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो । 

नेपाल–भारतका समग्र विषयमा समेटिएका विभिन्न ८० वुँधामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास वैरागीले बैठकपछि जानकारी दिए । माइनुटमा परराष्ट्रमन्त्री ज्ञवाली र  भारतरीय विदेशमन्त्री एस जयशंकरले हस्ताक्षर गरेका छन् ।   

दुई पक्षबीच कार्यान्वयन भएका विषयमा सन्तुष्टि जारी गर्दै बाँकी विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर प्रक्रिया अघि बढाउने सहमति भएको छ ।  

null

दुई पक्षबीच रामायण र बुद्धिस्ट सर्किट तत्काल विकास गर्ने, दुईपक्षीय व्यापार सहज गर्न सीमा क्षेत्रमा पूर्वाधार र उपकरण थपिने, सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गर्ने लगायतका विषयमा सहमति भएको छ।  

यस्तै खाद्य गुणस्तर र सुरक्षामा सहकार्यसम्बन्धी सहमति भएको छ। नेपालले हवाई मार्ग प्रवेशका लागि भारतसँग थप रुट माग्ने भएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *