विवादित जम्मू–कश्मिरमा किन जाँदैछन् राहुल गान्धी ?

 

साउन २९, नयाँ दिल्ली । भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले विना कुनै शर्त जम्मु काश्मीरको भ्रमण गर्ने बताएका छन् । जम्मु काश्मीरका गभर्नर सत्यपाल मलिकले कांग्रेस नेता गान्धीलाई सोमबार राज्यमा आएर यथास्थिति बुझेर मात्र बोल्न आग्रह गरेका थिए । 

मलिकले गान्धीलाई जम्मु काश्मीर आउन विमान पठाउने समेत बताएका थिए । तर, गान्धीले मलिकको उक्त प्रस्ताव अस्वीकार गरेका थिए । उनले विमानको प्रस्ताव अस्वीकार गरे पनि आफूलाई त्यहाँ ‘यात्रा गर्ने र जनतासँग भेटघाट गर्ने स्वतन्त्रता’ दिन आग्रह गरेका थिए । 

null

मंगलबार फेरि मलिकले गान्धीले कांग्रेस डेलिगेशनको नेतृत्व गर्दै जम्मु काश्मीरमा आएर अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । मलिकले आफूले यति धेरै शर्तहरुसहित जम्मु काश्मीर आउन निम्तो नदिएको उल्लेख गर्दै ट्विटमा भनेका छन्, ‘राहुल गान्धीले यस विषयमा विपक्षी दलका नेताहरुसहित आएर राजनीति गर्न खोज्दैछन् र यहाँका जनताका लागि समस्या उत्पन्न गराउने र अस्थिरता निम्त्याउन लागिरहेका छन् ।’ 

बुधबार फेरि गान्धीले बिना शर्त आफू काश्मीर आउन तयार रहेको बताएका छन् । उनले भनेका ट्विटमार्फत छन्, ‘श्री मलिकजी, मैँले तपाईंले मेरो ट्विटमा गर्नुभएका निम्छरा रिप्लाईहरु हेरेँ । मैँले जम्मु काश्मीर यात्रा गर्ने र मानिसहरुसँग भेटघाट गर्ने तपाईंको निम्तो स्वीकार गरेको छु, बिना कुनै शर्त । म कहिले आउने ?’ 

यसअघि शनिबार कांग्रेसका सांसदहरुले जम्मु काश्मीरमा हिंसा बढेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका थिए । तर, राज्य प्रमुख मलिकले भने कांग्रेस सांसदको उक्त अभिव्यक्तिमा आपत्ति जनाउँदै कांग्रेसका पूर्वअध्यक्षले सीमा क्षेत्रबाट आएका गलत समाचारका आधारमा अभिव्यक्ति दिएको आरोप लगाएका थिए । 

कांग्रेसका वरिष्ठ नेता पी चिदाम्बरमले गभर्नर मलिकको आलोचना गर्दै कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धीलाई पठाएको भ्रमणको निम्तोमा इमान्दारिता नभएको बताएका छन् । उनले उक्त निम्तो ुप्रोपोगान्डाको साधनु मात्र भएको टिप्पणी गरेका छन् । 

उनले ट्विट गर्दै भनेका छन्, ‘के भ्रमणकर्ताले त्यहाँका व्यक्तिहरुसँग भेटघाट गर्ने र कुराकानी गर्ने स्वतन्त्रताका बारेमा सोध्न र सेनाको हितका बारेमा जान्न पाउँदैन र ?’ 

अगस्ट ५ मा भारतीय जनता पार्टी नेतृत्वको सरकारले जम्मु काश्मीरलाई दिएको विशेषाधिकार भएको संविधानको धारा ३७० खारेज गरेपछि त्यहाँ कफ्र्यू लगाइएको छ । अहिले दशौं हजार सेना परिचालन गरिएको छ भने त्यहाँका शीर्ष नेताहरुलाई नजरबन्दमा राखिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *