दाङमा एनसेलको टावरमा आगजनी

भाद्र ३, काठमाडाैँ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।  टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए । रासस 

  

Image result for एनसेलको टावरमा आगजनी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *