युवा दिवसमा खैरहनी नगरपालिकाको सामाजिक काम

 

साउन २६, चितवन । युवा दिवसको पूर्व सन्ध्यामा आइतबार खैरहनी नगरपालिकाले विभिन्न मानविय सेवाको काम गरेको छ । 

दिवसको अवसरमा आधारभूत विद्यालय वस्यौलीका फरक क्षमता भएका विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण गर्नुका साथै भरतपुर स्थित मानव सेवा आश्रममा एक छाक भोजन गराइको छ । 

null

यस्तै भरतपुरमै रहेको साहारा नेपालमा रहेका वालवालिकाका लागि खाद्यान्न र स्टेशनरी वितरण गरिएको खैरहनी नगरपालिकाका शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । 

नगर भित्रका युवाहरुको समेत उपस्थितीमा कार्यक्रम गरिएको थियो । युवाहरुलाई सामाजिक तथा मानविय कार्यतर्फ उन्मुख गराउने उद्देश्यका साथ युवा दिवसको अवसर पारेर कार्यक्रम गरिएको पौडेलले बताए । 

तीन वटै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, सामाजिक विकास समिति संयोजक एवंम खैरहनी ७ का वडाध्यक्ष मनेजर महतो, खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सिना लगायत विभिन्न युवा क्लबहरुको प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 

युवा दिवसको दिन सोमबार खैरहनी नगरपालिकाको आयोजनामा प्रभातफेरी निकालिनुका साथै रक्तदान कार्यक्रम समेत राखिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *