रोजगारबाट फर्केका युवा होटलमा मृत भेटिए

भाद्र ८, दाङ ।  आईतबार बिहान दाङको एक होटल एक युवा मृत अवस्थामा फेला परेका छन् ।   

शनिबार राती दाङको घोराही–१५  ट्राफिकचोकस्थित  शंकर होटलमा बास बसेका दाङकै बंगलाचुली गाउँपालिका–८ रानीवासका २३ बर्षीय  लालु घर्ती मृत फेला परेका हुन् । 

भारतको महाराष्ट्रबाट रोजगारी गरेर फर्किएका ६ जना व्यक्ती सोही होटलमा बास वसेका थिए । सोही व्यक्ति मध्ये घर्ती मगर मृत फेला परेको प्रहरीले जनाएको छ ।   

Image result for मृत भेटिए

दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहका जानकारी अनुसार शवको पोष्टमार्टमपछि मात्रै घटना के कारणले भयाे तथ्य बाहिर आउनेछ । 

हाल घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *