प्राइम कमर्सियल बैंकको बिशेष साधारण सभा

 

साउन २२, काठमाडौं । कमर्सियल बैंकको बिशेष साधारण सभा सम्पन्न भएको छ । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकले आज आफनो बिशेष साधारण सभा सम्पन्न गरेको हो । 

बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने गरी बिशेष साधारण सभा सम्पन्न गरेको हो । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या ९४ हुनेछ । 

null

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन प्रतिवद्ध रहेको बताएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *