नेपाल-भारत संयुक्त आयोग बैठक भोलि, एजेन्डाहरु पुरानै

भदौ ३, काठमाडौँ । परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह९इपिजी०ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने भएको छ ।   

बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार–पारवहन, ऊर्जा–जलस्रोत, संस्कृति–शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । दुई दिने बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको प्रतिनिधिमण्डल बुधबार काठमाडौँ आउँदैछ ।   

‘बैठकमा नयाँ भन्दा पनि भइरहेकै समस्या र सरोकारका विषयमा बृहत् छलफल हुनेछ’ परराष्ट्रका एक उच्च अधिकारीले बन्तिपुरसँग भने । यो समाचार आजको कान्तिपुर दैनिकमा नेपाल–भारत संयुक्त आयोग बैठक भोलि, एजेन्डाहरु पुरानै  छापिएको छ ।   

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =