युवा दिवसमा प्रभातफेरी र रक्तदान

 

साउन २७, चितवन । युवा दिवसको अवसरमा खैरहनी नगरपालिकाले सोमवार प्रभातफेरी निकाल्नुका साथै रक्तदान कार्यक्रम गरेको छ । 

खैरहनी नगरपालिका कार्यालयबाट सुरु भएको प्रभातफेरी, पुरानो पर्सा, नयाँ पर्सा, मगनीचोक हुदै पुन पुरानो पर्सा भई खैरहनी ६ र ७ को वडा कार्यालयमा आई कोण सभामा परिणत भएको थियो । 

null

प्रभातफेरीमा विभिन्न युवा क्लवका प्रतिनिधी,विभिन्न विद्यालयका विद्यार्थीहरु, नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी लगायतको उपस्थिती रहेको थियो । कोण सभामा वोल्दै खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले सामाजिक तथा मानविय कार्यमा लाग्न युवाहरुलाई आग्रह गरे । 

 

विकास र परिवर्तनको सम्वाहकै युवाहरु रहेको उल्लेख गर्दै मेयर चौधरीले समाजलाई सही दिशामा लैजान समेत युवाहरुको भुमिका महत्वपूर्ण हुने वताए । नगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहेका खैरहनी ७ का वडाध्यक्ष मनेजर महतोको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सीना, स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेल लगायतले मन्तव्य राखेका थिए । कोण सभा पछि आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *