पञ्चाङ्ग र राशिफलः कस्तो छ आजको तपाईंको भाग्य ?

साउन ३०, काठमाडौँ । आज मिति २०७६ साल साउन ३० गते बिहिवार, तदअनुसार अगस्ट महिनाको १५ तारिख सन् २०१९ 

शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने।सं। ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष। पूर्णिमा, १६ः२८ उप्रान्त प्रतिपदा। नक्षत्र– श्रवण, ८ः०० बजेउप्रान्त धनिष्ठा। योग– सौभाग्य, १२ः५८ बजेउप्रान्त शोभन। करण– वव, १६ः२८ बजेदेखि वालव, ५स्२२ बजेउप्रान्त कौलव। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मकर, २१ः१० बजेउप्रान्त कुम्भ। 

काठमाडौंमा सूर्योदय– ५ः३४ बजे, सूर्यास्त– १८ः४० बजे र दिनमान ३२ घडी ५ पला। जनै पूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन। 

null

तपाइको आज मेषप्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । 

वृषआफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पुनर्मिलनको योग रहेको छ । 

मिथुनमनमा दुविधा उत्पन्न हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । साँझपख शुभ समाचार आउनेछ । 

कर्कटपरिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ । 

सिंहरमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । शत्रु पराजित हुनेछन् । 

कन्याएकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । 

तुलास्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । अनावश्यक यात्रा हुनेछ । 

वृश्चिकनसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला । 

धनुधार्मिक तथा संस्कृति क्षेत्रमा रुची बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । विपरीत वर्गप्रति आकर्षणपनि बढ्नेछ । 

मकरसाथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भूमिबाट लाभ रहनेछ । 

कुम्भयात्रामा मालसामान हराउन सक्छ । गलत निर्णय लिन पुगिएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । 

मीनमहत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । डेकोरेसनको क्षेत्रमा पर्याप्त लाभ मिल्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =