बालिकालाई पटक–पटक बलात्कार गर्ने फरार श्रेष्ठ पक्राउ

 

साउन २०, बुटवल । प्रहरीले बालिकालाई स्थान परिर्वतन गर्दै करिब डेढ महिना सम्म पटक–पटक बलात्कार गरी फरार रहेका तीन अभियुक्त मध्ये एकलाई पक्राउ गरेको छ । 

नवलपरासीका ११ वर्षीयालाई पटक पटक बलात्कार गरेर फरार रहेका अभियुक्त ५५ वर्षीय शिव श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको हो । 

null

पक्राउ परेका शिवको स्थानिय घर गुल्मीका सत्यवती गाउँपालिका जोहाङ्ग खैरेनी भए पनी उनी पश्चिम नवलपरासीको सुनुवल–४ मा बस्दै आईरहेको नवलपरासी प्रहरीले जनाएको छ । 

यसअघि ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेरजवरजस्ती करणीमा मुद्धा दर्ता गरिसकेको छ । 

पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आर्चायका अनुसार ६० वर्षीय श्रेष्ठसहित ३ जना पुरुषहरुले ११ वर्षीया बालिकालाई गत डेढ महिनादेखि पटक–पटक र फरक–फरक स्थानमा लगेर यौन शोषण गरेको पुष्टि भएको छ । 

पक्राउ परेका शिवमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *