बुधबार भनिएकाे सचिवालय बैठक स्थगित, बिहिबारलाई सारियो

 

साउन २९, काठमाडौँ । बुधबार ३ बजे भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । 

बुधबार तीन बजे भनिएको बैठक स्कुल विभागलाई लिएर पूर्व एमालेभित्र व्यापक विवाद भएपछि स्थगित गरिएको हो । 

null

प्रवक्ता नारायणकाजी श्रेष्ठका जानकारी अनुसार बैठक बिहीबारका लागि सारिएको छ । स्रोतका अनुसार मंगलबार बालुवाटारमा आफ्नो भागमा परेका विभागीय प्रमुखहरु टुंगो लगाउन पूर्वएमालेबाट सचिवालयमा रहेका ६ नेताको बैठक बसेको थियो । 

यदि पूर्वएमालेभित्र विभागीय प्रमुखहरु टुंगो लागेको भए बुधबार सचिवालय बैठक बस्ने निश्चय थियो तर जनवर्गीय संगठनको नेतृत्वलाई लिएर व्यापक विवाद भएको र त्यो टुगिंन नसकेपछि बैठक स्थगित गर्नु परेको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । 

सचिवालय बैठक बुधबार ३ बजेलाई डाकिएको थियो तर बुधबार विहान अर्का अध्यक्ष प्रचण्डसँग भएको भेटमा ओलीले गृहकार्य नपुगेको भन्दै बैठक सार्न आग्रह गरेका थिए । 

नेकपामा स्कुल विभागलाई लिएर यसअघिदेखि नै विवाद छ । सुरुमा पूर्व माओवादीले नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलको दाबी थियो । तर दुई नेताको नाममा विवाद भएपछि यो विभागमा ८ जनाको दाबी परेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *