दुई स्कुटी एकआपसमा ठोक्किँदा २ घाइते

साउन ३१, बुटवल ।  कपिलवस्तुको बाणगंगा ४ बुङ्चीमा दुई स्कुटी एकआपसमा ठोक्किँदा दुई जना घाईते भएका छन् भने दुई मध्ये एकको अवस्था चिन्ताजनक रहेको छ । 

वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुर बस्ने वर्ष ३५ को स्कुटी चालक शेखर भुषाल र सोही ठाउँमा बस्ने मनहरापुरका वर्ष २९ का जयसराम चौधरी घाइते भएको हो । 

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३७ प २५६४ स्कुटी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ४६ प ९००५ नं स्कुटी एक आपसमा ठोकिँदा उक्त दुर्घटना हुन पुगेको हो ।   

घाइते दुवैको सिएण्डसी अस्पताल ४ नं मा उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । घाईते दुई मध्ये शेखरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *