प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

भदौ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् । आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।   

संसदमा प्रतिनिधित्व गर्ने नेकपा, नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दललाई आह्वान गरिएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले आफ्नो उपचारका लागि पुनः सिंगापुर जाने कार्यक्रमबारे पनि जानकारी गराउने अनुमान गरिएको छ। 

प्रधानमन्त्री ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगापुर जाँदैछन् ।   

फाइल तस्बिर

१२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ ।  ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो ।   

सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *