कामना सेवाद्धारा सहयोग तथा चेक हस्तान्तरण


साउन २७, काठमाडौं । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ विभिन्न बैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत रूपन्देही जिल्ला वुटवल ६ स्थित तिलोत्तमा माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
उक्त विद्यालयका विद्यार्थीलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका थिए ।
null
त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सि सि क्यामेरा जडानका लागि सि सि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले रू २५,०००/–को चेक हस्तान्तरण गरेका थिए ।
यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरूलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई ९,६०७/– र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई ६७,८१९/– स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।
