वेलायतकी यी मोडलले गरिन् कुकुरसँग बिवाह

 

साउन १८, बेलायत ।  वेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेकी छन्। ४९ वर्षीया इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेकी हुन्। 

२ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि उनले कुकुरसँग विवाह गरेको बताएकी छन्। इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन्। त्यसबेला वेलायतमा पेज ३ भन्ने ट्रेन्ड थियो। पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो। 

null

उनको एक २५ वर्षीय छोरासमेत छन्। तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ। 

उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन्। उनले कुकुरसँग विवाह गरेपछि पुरुष किन चाहियाे भन्ने प्रश्न पनि गरेकी छन्। एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *