सीआईबीको प्रहरी हुँ भन्दै लुट्ने दोर्जे र नोर्बु पक्राउ

साउन २०, काठमाडौँ । नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै लुट्ने २ जनालाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेको छ ।
null
दिनदाहडै ‘सीआईबी हुँ’ भन्दै धुम्बाराहिस्थित धुम्बाराहि स्कुल चोक अगाडि लुट्ने उदयपुर घर भई कपन बस्ने २३ वर्षीय दोर्जे तामाङ र उदयपुरकै बुढानिलकण्ठ बस्ने १९ वर्षीय नोर्बु तामाङ लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ उनीहरुले कालोपुल बस्ने २१ वर्षीय ईश्वर घतानेको साउन १७ गते १ थान मोबाइल र ६ हजार नगद लुटेका प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईका अनुसार पिडित घतानेको बयानको आधारमा सीसी क्यामेराको सहयाेगमा हुलियाको आधारमा खोजतलास गर्ने क्रममा वृत्तबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले साउन १९ गते साँझ ६ बजे लुटिएको सामानसहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।
पक्राउ परेका उनीहरुको साथबाट ४ थान मोबाइल र लुट्न प्रयोग भएको बा६६प ३४८१ नम्बरको स्कुटर समेत फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार हाल उनीहरुमाथी कारवाहीको लागि अघी बढाई थप अनुसन्धान भईरहेको छ ।








