भैंसी अपहरण गरेर लाखौँको फिरौती माग, भैंसीधनीले हाले मुद्दा

 

साउन १६, काठमाडौं । भारतको मध्य प्रदेशको उज्जैनमा अपहरणको एउटा अनौठो घटना भएको छ । यहाँ मानिस नभइ भैंसी अपहरणमा परेको छ ।भैंसी चोरेर अपहरणकारीले भैँसीधनीसँग अंगुरवाली हाडासँग भैँसीको बदलामा लाखौँ रुपैयाँ फिरौती मागेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

भारतीय मिडिया आजतकका अनुसार कसैले रातिको समयमा भैंसी मालिकलाई फोन गरी भैंसी अपहरणमा परेको र ठूलै रकम दिएपछि मात्र भैंसी फिर्ता हुने खबर गरेका थिए । 

null

हाडा एक डेरी उद्योगकी मालिक पनि हुन्। उनीसँग मुर्हा जातका भैंसी छन्। यो जातका भैंसी खुब दूधालु हुन्छन् र एउटा भैंसीको मूल्य डेढ लाखदेखि २ लाख रुपैयाँसम्म पर्छ । 

हाडाको फर्मबाट भैंसी अपरणमा परेको यो पहिलो घटना भने होइन । उनका अनुसार बदमासहरूले यसअघि पनि उनका भैंसी अपरण गरेका थिए । 

ती अपहरणकारीहरूले एकजना छिमेकीलाई मध्यस्थकर्ता बनाएर भैंसी अपहरण गरेका ‍रहेछन्। त्यतिबेला उनले अपहरणकारीलाई १ लाख ३५ हजार रुपैयाँ दिएर भैंसी फिर्ता लिएकी थिइन्। 

यो वर्ष जुन महिनामा उनको फर्मबाट फेरि ४ वटा भैंसी हराएका थिए । तर यसपटक भने उनी बदमासहरूका कुरा नसुनी सिधै प्रहरी चौकी पुगेकी छन्। उनले भैंसी अपरणको मुद्दा दर्ता समेत गराइसकेकी छन्। 

समाचारमा जनाइएअनुसार प्रहरीले घटनाबारे अनुसन्धान गर्ने बताएको छ । भैंसी हराउन थालेपछि हाडाले आफ्नो फर्ममा सीसी क्यामेरा जडान गरेकी छन्। –एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *