सिटीले फिफालाई तिर्नु परर्यो तीन लाख १५ हजार पाउन्ड जरिवाना

  

साउन २९ ।  इङ्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीलाई विश्व फुटबल महासंघ (फिफा) ले तीन लाख १५ हजार पाउन्ड जरिवाना गरेको छ । 

फिफाले सिटीलाई युवा खेलाडीको अनुबन्धनमा नियम मिचेको भन्दै उक्त जरिवाना गरेको हो । सिटीले विशेषगरी यू–१८ उमेर समूहका खेलाडी अनुबन्धमा नियम उल्लंघन गरेको फिफाले जनाएको छ । 

null

फिफाको अन्तर्राष्ट्रिय नियम अनुसार कुनैपनि क्लबले विदेशी खेलाडीको ब्यवसायिक अनुबन्धन गर्दा खेलाडीको उमेर १८ बर्षमाथिको हुनुपर्दछ । सिटीले भने कम उमेरका खेलाडी अनुबन्ध गरेको फिफाले ठहर गरेको हो । फिफाले यसअघि चेल्सीलाई यस्तै प्रक्रियामा दुई बर्ष खेलाडी अनुबन्धनमा प्रतिबन्धको कराबाही गरेको थियो । 

सिटीलाई आर्थिक जरिवाना गरिएपनि प्रतिबन्ध भने गरिएको छैन । प्रियिमर लिगको यस सिजनमा पनि सिटीले सुखद सुरुवात गरेको छ । सिटीले लिगको पहिलो खेलमा वेस्टहाम युनाईटेडलाई ५–० गोलले हराउँदै तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *