असुरक्षित गर्भपतनले ज्यान उच्च जोखिममा, जथाभावी गर्भपतनको प्रवृत्ति झन बढ्दै

भदौ ८, काठमाडौँ । काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा हुनुहुन्छ । दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो ।
श्रीमान् र श्रीमतीबीच तत्काल बच्चा नजन्माउने सल्लाह अनुसार विराटनगर बजारकै औषधि पसलेकहाँबाट एक हजार रुपियाँ तिरेर घरैमा औषधि ल्याएर खानुभयो । औषधि खाएको सात÷आठ घण्टामा गर्भपतन त भयो तर रगत चाहिँ धेरै बग्यो । औषधिको असरका कारण उहाँको पाठेघरमा प्वाल परिसकेको र पाठेघरमा थप सङ्क्रमण हुन नदिन पाठेघर नै फ्याल्नुपर्ने भएपछि ठूलो पीडामा हुनुहुन्छ ।
बिनाजस्तो शिक्षित र सहरमा बस्नेलाई त गर्भपतनको औषधि कस्तो स्वास्थ्य संस्था र कस्ता चिकित्सकको सल्लाहमा खाने भन्ने जानकारी रहेनछ । अझ अशिक्षित र दूरदराजका महिलाको हालत के होला ? यसबाटै पनि सहज अनुमान लगाउन सकिन्छ । औषधिको प्रयोग होस् वा औजारबाट गरिने गर्भपतन होस् दुवै विधिबाट गर्ने गर्भपतनका लागि सरकारले चिकित्सक, नर्स र अनमीलाई तालिम दिएको छ तर जथाभावी गर्भपतनको प्रवृत्ति निरन्तर बढ्दैगएको छ ।
null
समस्या बढ्दो क्रममा
बिनाको घटना त प्रतिनिधिमूलक मात्रै हो । पढे लेखेकै व्यक्तिले समेत बुझ्दै नबुझी सूचीकृत नभएका औषधि पसल र यससम्बन्धी सामान्य ज्ञानसमेत नभएका औषधि पसलेको सल्लाहमा गर्भपतनका औषधि (कीट) प्रयोग गर्छन् । यसले स्वास्थ्यमा गम्भीर समस्या भोग्ने बिना मात्र होइन । पछिल्लो समयमा धेरै महिला पीडित छन् तर यसको औपचारिक अध्ययन भने भएको छैन ।
गर्भपतन सेवा आवश्यक हो र सुरक्षित गराउनुपर्छ भन्दै वकालत गर्दैआएको संस्था कृपाले यस प्रकारको औषधिको जथाभावी प्रयोगले धेरै महिलाको स्वास्थ्य युवा अवस्थादेखि नै जोखिममा परेको दाबी गर्दैआएको छ । सो संस्थाले दुई वर्ष पहिले सामान्य अध्ययन गर्दा पनि नेपालमा गर्भपतनका लागि १४ प्रकारका औषधि प्रयोग भएको पाइएको जनाएको छ ।
जबकि सरकारले नेपालमा सुरक्षित रूपमा गर्भपतन गराउनका लागि चार प्रकारका औषधि मात्रै दर्ता गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा असुरक्षित गर्भपतन ज्यानै जोखिममा शीर्षकमा छापिएको छ ।








