प्रमुख अतिथि नआएको भन्दै कालीबाबाको बद्नाम

साउन २३, काठमाडौं । विश्वब्यापीरुपमा ख्याति कमाएका धार्मिक हिन्दुधर्म गुरु १००८ कालीबाबालाई बद्नाम गराउन एक समुह सक्रिय भएर लागेको छ । नेपालमा एक धार्मिक कार्यक्रम गर्ने भन्दै उक्त समुहले हिन्दुधर्म गुरु १००८ कालीबाबा साउन २० गते नेपाल आउने प्रचार गरेको थियो ।
कार्य ब्यस्तताका कारण कालीबाबाले भारत स्थित दिल्ली हरियाणबाट नेपाल आउन नसक्ने जनाए लगत्तै सो समुह प्रायोजित रुपमा कालीबाबालाई बद्नाम गराउन सक्रिय भएर लागेको हो ।
कार्यक्रममा प्रमुख अतिथि भनेर बोलाउने अनि आउन नसक्ने जानकारी पाए लगत्तै विरोध गर्ने प्रवृत्ति आफैमा नियोजित देखिएको कालीबाबा धाम दिल्ली हरियाणाले जनाएको छ ।
null
यसरी मनगणन्ते तवरबाट नियोजित बद्नाम गर्ने काम नरोकीए कानुनी उपचार गर्ने सरोकारवाहरुले बताएका छन् । कार्य ब्यस्तताका कारण कालीबाबा उक्त कार्यक्रममा नेपाल आउन नसकेको कालिबाबा धाम दिल्ली हरियाणाले जनाएको छ ।








