प्रदेश ३ का मुख्यमन्त्री पौडेल किन गए सिमान्तकृत बोटे बस्तीमा ?

साउन २५, हेटौंडा । प्रदेश नम्बर ३ मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको मनहरी गाउँपालिकामा रहेको सिमान्तकृत बोटे बस्ती पुगेका छन् । मनहरी गाउँपालिकाले वडा नम्बर–७ मा रहेका बोटे समुदायका लागि एकिकृत बस्ती निर्माण गरेर होमेस्टेका रुपमा विकास गर्ने योजना अनुसार काम अगाडि बढाएपछि त्यसको अवलोकनका लागि मुख्यमन्त्री पौडेल त्यहाँ पुगेका हुन् । 

बस्ती अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले सिमान्तकृत जातजातीको संरक्षणमा सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । प्रदेश सरकारकै सहयोगमा बोटे जातिको एकीकृत बस्ती निर्माण गरेर होमस्टेमा रूपान्तरण गर्ने योजना बनाएको छ । 

 

null

मनहरी–७ को रमौलीमा बोटे समुदायका लागि १४ वटा घर निर्माण कार्य भइरहेको छ l हालसम्म ५ घर निर्माण भइसकेको र अन्य घर निर्माणकै चरणमा रहेका छन् । 

मनहरी गाउँपालिकाले बोटे समुदायकालागि १० धुरका दरले जग्गा उपलब्ध गराएर घर निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । उक्त समुदायको एकीकृत बस्ती निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा २० लाख रूपैयाँ र प्रदेश ३ सरकारले ५० लाख रूपैयाँ सहयोग गरेको थियो । 

बोटे समुदायको लागि निर्माण गरिएको एकीकृत बस्तीमा प्रत्येक घर ३ कोठाको हुने र पानी, बिजुली, शौचालय, सडक सबै निर्माण हुने अध्यक्ष उप्रेतीको भनाई छ । माछा मारेर जीविकोपार्जन गर्ने सो समुदायको लागि आर्थिक उपार्जन, शिक्षा, स्वास्थ सचेतनाजस्ता क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको अध्यक्ष उप्रेतीले बताए । 

 

मनहरीलगायत खोलामा माछा मारेर खाने र बिक्री गर्ने काम गर्दै आएका बोटे समुदायलाई आवसकै समस्या भएपछि तत्काल आवासको व्यवस्थापन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

बस्ती अवलोकन टोलीमा मुख्यमन्त्री पौडेलसहित जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल पनि रहेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *