संरक्षणको जिम्मा लिने समूहबाटै चारकोसे जंगल सखाप
२०७६ साउन २७ गते

साउन २७, काठमाडौँ । संरक्षणको जिम्मा लिएका सामुदायिक र साझेदारी वन समूहकै संलग्नतामा पूर्वी तराईको चारकोसे जंगल सखाप हुने गरेको पाइएको छ । सरकारले जंगल जोगाउन २०५५ सालयता १३४ सामुदायिक र ४ साझेदारी समूहलाई २७ हजार ७९० हेक्टर चारकोसे वन हस्तान्तरण गरिसकेको छ ।
‘सामुदायिक र साझेदारी वन उपभोक्ता समितिले अनाधिकृत रुपमा रुख काटेर जंगल उजाड बनाएको, काटिएका रुखको काठ र दाउरा वितरण प्रणाली पारदर्शी नभएको तथा आर्थिक कारोबार पत्यारिलो नभएको भन्दै ४६ सामुदायिक वनविरुद्द उजुरी परेका छन्’ खख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीका निमित्त प्रमुख ज्ञानेन्द्र ढकालले भने, ‘ती उजुरीमा अनुसन्धान भइरहेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौँ ।
२०७६ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित








