ला लिगाको पहिलो खेलमा बिलबाओ विजयी, साबिक विजेता बार्सिलोना १–० ले पराजित

साउन ३२, एजेन्सी । ला लिगा फुटबल प्रतियोगिताको पहिलो खेलमै बार्सिलोनालाई घरेलु टोली एथ्लेटिक बिलबाओले पराजित गरेको छ । साबिकको विजेता बार्सिलोनालाई बिलबाओले १–० गोल अन्तरले पराजित गरेको हो । 

शनिबार बिहान मामेज रंगशालामा भएको उद्घाटन खेलको ८८ औँ मिनेटनमा बिलबाओका तर्फबाट अडुरिजले गोल गरे । अडुरिज बिल्बाओका लागि बैकल्पिक खेलाडीका रुपमा मैदानमा उत्रिएका थिए । बार्सिलोनाका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि अन्ततः अडुरिजको गोलनै निर्णायक गोल हुन पुग्यो ।   

यो जितसँगै ला लिगाको पहिलो खेलमा बिलबाओले तीन अंक  प्राप्त गरेर लिगको शीर्ष स्थानमा बस्न सफल भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =