‘बेमौसमको बाजा नबजाए हुन्छ’: प्रधानमन्त्री

भाद्र १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गर्नु बेमौसमको बाजा बजाए जस्तै हुने बताएका छन् ।   

उनले आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै  उक्त कुरा बताएका हुन् । 

उनले भने,‘ यो सरकारले ठूल्ठूला चुनौतिको सामना गरिसकेको छ। जुन शक्ति, संस्था र निकायका कुरा गर्ने गर्छन् मानिसहरु ती शक्तिहरु जिउँदै हुँदा तिनलाई हामीले ठेगान लगाएका हौँ अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गरेको देखिन्छ । यो बेमौसमको बाजा नबजाए हुन्छ।’ 

Image result for प्रधानमन्त्री

आज प्रतिनिधिसभामा उनले प्रतिगामी तत्वहरुका संस्थालाई जिउँदै छँदा ठेगान लगाएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । 

साथै उनले आफूलाई पदमा बसिरहन मन नभएको र अर्को निर्वाचन सम्म साथीहरुलाई  धैर्य गर्न आग्रह समेत गरेका छन् ।  उनले भने  ‘अर्को निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथिहरुलाई अर्को निर्वाचनसम्म धैर्य गर्न आग्रह छ।’ 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *