‘आफ्नै हात जगन्नाथ !’ डीएसपी दानबहादुरलाई के को प्रहरी नियामावली ?

साउन ३१ काठमाडौँ । आफ्नै हात जगन्नाथ ! नेपालीमा चलनचल्तीको उखान हो । आफ्नै हातमा डाडु पन्यू भएपछि कस्ले छेक्ने ? त्यस्तै एक उदाहरण प्रस्तुत गर्दै छौं । 

प्रहरीकै सरुवा हेर्ने एक डीएसपीलाई प्रहरीको नियम लागू नहुने भन्दै प्रहरी हेडक्वाटर नक्सालमा खैलाबैला मच्चिएको छ । प्रहरी प्रधान कार्यलयले गरेको ७९ जना डीएसपीको सरुवामा डीएसपी दानबहादुर थापाको शक्ती प्रर्दशन प्रस्टै देखिएको हो । 

प्रहरी नियमावली अनुसार सामान्यतया १ वर्ष नपुगी सरुवा नगरिने कानुनी ब्याबस्था छ। तर, डीएएसपी जागेश्वर भन्डारीपछि कप्रशाखामा ल्याइएका डिएसपी दान बहादुरले आफ्नो सरुवा ६ महिना नपुग्दै त्यो पनि प्रधान कार्यालयको एउटा विल्डिंगबाट अर्को विल्डिंग अपराध अनुसन्धान बिभागमा गरेको देखिन्छ। 

null

यो सरुवा उनले आईजीपी सर्बेन्द्र खनाललाई गुमराहमा राखी गर्न सफल भएको स्रोतले जनाएको छ । त्यसो त उनले तल्लो दर्जाका प्रहरी कर्मचारी सरुवा, बढुवामासमेत कोसेली खोज्ने गरेको आरोप छ । 

प्रहरी नियामावली अनुसार जबकी बाहिर जिल्लामा रहेका डीएसपीहरु पुनः उपत्यका बाहिर नै खेदिएका छन्। कतिपय भ्रस्ट डीएसपीहरु अबधी पुग्दा पनि सरुवामा नपरेको पाइएको छ।तर, डीएसपी दानबहादुर थापा जस्ता डीएसपीले डाडु पन्यु पाइराख्ने हो भने प्रहरीको थिति कहिले बस्ने ? थितिको गुन्जायसपनै पन्छाउँदै सङ्गठनलाई नै असर पर्ने गरि डिएसपी थापाको हैसियत कसरी बढ्यो ? खोजीको विषय भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *