जहाजमा आगलागी हुँदा २९ सदस्यहरु समुद्रमै हाम फाले
२०७६ साउन २८ गते

साउन २७,भारत । भारको आन्द्र प्रदेशस्थित विशाखापट्नममा तटरक्षक जहाज जगुआरमा सोमबार विस्फोटपछि आगो लागेको छ।
जहाजमा आगो लागेपछि २९ जना चालक दलका सदस्यहरुले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए। जसमध्ये २८ जनाको उद्दार गरिएको छ भने बाँकी एक जना बेपत्ता रहेको भारतीय सञ्चारले जनाएका छन्।
null
बेपत्ताको खोजी कार्य जारी रहेको छ। जहाजमा आगो लाग्नुको कारण थाहा हुन सकेको छैन।
भारतीय तटरक्षक बलका अनुसार सोमबार बिहान करिब साढे ११ बजे जहाजमा विस्फोट भएको र त्यसपछि आगो लागेर धुवाँको मुस्लो निस्कीएको थियो। त्यसपछि ज्यान जाेगाउन चालक दलका सदस्यले पानीमा हाम फालेका थिए। एजेन्सी
२०७६ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








