खरिदार अधिकारीविरुद्ध ४ हजारको भ्रष्टाचार मुद्दा

साउन २७, काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार प्रा. पुष्कर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा ४ हजारको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
null
होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग ४ हजार घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको थियो ।
अन्य सूचनाको आधारमा निजको कोठा खानतलासी गरी कानून बमोजिम बरामद सहित जिल्ला प्रशासन कार्यालय दोलखाको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दाखिला भएको सम्बन्धमा पनि पुष्करमाथि अनुसन्धान सुरु भएको थियो ।
अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट निज पुष्कर अधिकारीले होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ४ हजार घुस रिसवल लिएको देखिएपछि भ्रष्टाचार गरेको पुष्टि भएकोले मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।








