राष्ट्रपति भण्डारीद्वारा शोक सन्देश जारी गर्दै स्व.दीक्षितप्रति श्रद्धाञ्जली

 

साउन ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार निधन भएका वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले एक शोकसन्देश जारी गर्दै यस दुःखद घडीमा उनका योगदानको स्मरण सहित स्व. दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेकी हुन् । 

null

वरिष्ठ साहित्यसाधक दीक्षितको मृत्युले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको राष्ट्रपति भण्डारीले बताईन् । 

‘माधवी’, ‘ऋग्वेदः केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति रहेका दिक्षितको ९७ वर्षको उमेरमा निधन भएको हो । 

मुटु, मिर्गौला र श्वासप्रश्वास जस्ता राेगबाट  ग्रसित दिक्षित आफ्नै निवासमा शौचालय जाँदा बेहोस भएका थिए भने उनलाई उपचारको लागि कमलपोखरीस्थित हिमाल अस्पताल लैंजादा चिकित्सकले मृत घोषणा गरेका थिए । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *