घुस रकम सहित मालपोत कार्यालयका कर्मचारी रंगेहात पक्राउ

भाद्र १२, बुटवल । मालपोत कार्यालय बुटवलका खरिदार  र लेखापढी व्यवसायी घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

बुटवलका अख्तियार  प्रवक्ता सुरेश भुसालका अनुसार उनीहरुले सेवाग्राहीलाई नामसारी र लालपूर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।   

Image result for घुस रकम सहित मालपोत कार्यालयका कर्मचारी रंगेहात पक्राउ

पक्राउ परेका  खरिदार र  लेखापढी व्यवसायीमाथी थप अनुसन्धान भईरहेको  प्रवक्ता भुसालले जानकारी दिएका छन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *