त्रिशूलीमा ट्रक खस्यो, चालकले यसरी जोगाए ज्यान

 

                                                                                   फाइल तस्विर 

साउन २०, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । 

null

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । 

सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । 

ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =