भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ पक्राउ

 

साउन २६, काठमाडौँ । प्रहरीले लोकसेवा आयोगको समावेशी विज्ञापन विरुद्ध प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार १४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिईएको छ जसमा १३ जना पुरुष र १ जना महिला रहेका छन् । 

null

 

लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध पछिल्लो चरण लगातार प्रदर्शन तथा विरोध भैरहेका छन् । आजपनि उक्त विज्ञापनको विरोधमा काठमाडौंको भद्रकालीमा प्रदर्शनमा उत्रेका १४ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्याली सहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै पक्राउ गरेको हाे । 

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापनअनुसार परीक्षा भइरहेको छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *