आज यी नदीमा बहाव बढ्न सक्ने अनुमान
२०७६ साउन २१ गते

साउन २१, काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका केही ठूला नदी तथा साना खहरे खोलाहरुमा पानीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै महाशाखाले नारायणी, कर्णाली र महाकाली नदीमा बहाव बढ्ने सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार नदीको बहाव सतर्कता भन्दा तलै रहनेछ ।
यस्तै आज जुम्ला, बाजुरा, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, दार्चुलालगायत जिल्लाका पहाडबाट बहने केही ससाना नदीहरूमा बहाव बढ्ने महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ ।
null
२०७६ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








